0 COMMENTS

काठमाडौँ, १९ माघ। विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको हो ।

कुनै बेला तराई तथा आयातित सामान हेटाँैडा हुँदै काठमाडौँसम्म मालसामान ढुवानीको भरपर्दो साधनका रूपमा रहेको यो ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो । रोपवे २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुककै यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो रोपवे मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको छ । इतिहासको संरक्षणका साथै पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण रहेकाले प्रदेश सरकारले यसलाई पुनः सञ्चालन गर्नेछ ।” उहाँले भन्नुभयो, “अध्ययनले दिएको प्रतिवेदनका आधारमा थप काम अगाडि बढाइनेछ ।”

हेटौँडाबाट काठमाडौँसम्म मालसामान ढुवानीका साथै सो क्षेत्रको पर्यटकीय विकासका लागि समेत यो प्रदेश सरकारले रोपवे पुनः सञ्चालनमा ल्याउन खोजेको उहाँले स्पष्ट पार्नुभयो । मालसामान ढुवानीका साथै रोपवेमार्फत हेटाैँडादेखि काठमाडौँसम्म आवतजावतसमेत गर्ने गरी पुनः सञ्चालनका लागि अध्ययन सुरु गरिएको उहाँले स्पष्ट पार्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।