0 COMMENTS

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको एउटा गाउँ कदमबास गएका छन् ।

सोमबार दिउँसो ओली र देउवासँग छलफल सकेपछि साँझ नै सिन्धुपाल्चोकको कमदबास पुगेका हुन् । जुन सुकुटेभन्‍दा करिव छ किलोमिटर माथि पर्छ। प्रचण्ड यसअघि पनि महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे जाने गरेका थिए ।

सोमबार बिहान देउवा निवास बुढानिलकण्ठमा द्धन्द्धकालीन घटना छानबिन गर्न गठित सत्य निरुण तथा मेलमिलाप र बेपत्ता आयोगमा १० महिनादेखि पदाधिकारीबिहीनबारे छलफल भएको थियो।

सत्यनिरुण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति गरेर द्धन्द्धकालीन मुद्दालाई चाँडै टुंगोमा पुर्‍याउने प्रचण्ड-देउवाबीच सकरात्मक छलफल भएको बताइन्छ। देउवाँसग भेट सकिएलगत्तै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। बालुवाटारमा ओलीसँग छलफल सकेपछि लगत्तै उनी कदमबासको ९ नम्बर वडामा गएका हुन्।

जनतासँग भलाकुसारी गर्ने र जनताकै घरमा गएर बास बस्ने अध्यक्षको चाहनाअनुसार कदमबास आएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। उनका अनुसार प्रचण्ड सोमबार साँझ पार्टीका वडाध्यक्ष बलराम गिरीको घरमा बास बस्ने र मंगलबार बिहान काठमाडौं फर्कने कार्यक्रम छ। अध्यक्ष प्रचण्डसँगै नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा, पत्नि सीता दाहाल र तीन नातिनी छन्।

प्रचण्ड पहिलो पटक २०३८ सालमा सिन्धुपाल्चोक गएका थिए। हालको चौतारा साँगाचोकगढी नगरपालिका तत्कालीन साँगाचोकमा तत्कालीन माओवादी नेता ध्रुव पराजुलीको बेसीघरमा बास बसेका प्रचण्ड दोस्रो पटक २०५१ सालमा जनयुद्धको तयारीका लागि सदरमुकाम चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एक रात प्रशिक्षण दिएर फर्किएका थिए। त्यसपछि भने उनी युद्ध अवधिभर सिन्धुपाल्चोक फर्किएनन्।

०५२ सालदेखि प्रचण्डकै नेतृत्वमा तत्कालीन माओवादीले युद्ध सुरु गर्‍यो । देशमा शान्ति प्रक्रिया आएपछि ०६३ सालको दसैं मनाउन प्रचण्ड परिवासहित नेता सापकोटाको नौबिसेमा रहेको घरमा गए। प्रचण्ड तीन दिन बसेर काठमाडौं फर्किएका थिए। त्यसपछि २०६८ मा तत्कालीन माओवादीको स्थायी कमिटी बैठक पनि सुकुटेमै राखिएको थियो ।

०७१ सालमा जुरेमा पहिरो गएको बेला प्रचण्ड पहिरो छिचोल्दै हिँडेरै बाह्रबिसे पुगेका थिए। ०७२ सालको विनाशकारी भूकम्पले ढलेको साँगाचोकस्थित जनजागृति माविमा टहरा बनाउन पुगेका उनी त्यसपछि ०७५ बैशाख ७ गते सुकुटे गएका थिए। त्यसको ठीक एक वर्षपछि ०७६ बैशाख ६ गते पनि फ्रेस हुन भन्दै प्रचण्ड सुटुक्क सुकेट पुगेका थिए। यो समाचार आजको अन्नपुर्ण दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।