0 COMMENTS

काठमाडौं१६,पुस २०७६ /मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालमा यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

यसैगरी, राति देशभर सामान्य बदली हुनेछ । रातको समयमा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुनसक्ने र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।