0 COMMENTS

दार्चुला१४पुस०७६ । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।

व्यास गाउँपालिका १ पेल्सिति नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ ।

महाकाली नदी नै प्रभावित हुने गरी भिर कटान गरेर सडक बनाउने कामलाई पनि भारतले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनाका साथै नेपाली भूमिमा एक्साभेटर चलाएको थियो ।

चिसोका कारण यतिबेला व्यास गाउँपालिका २ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छेरुङसम्मै आवतजावत गरिरहेका नेपाली हिमपातपछि तल्लो भेगमा सरेका छन् ।-कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।