0 COMMENTS

काठमाण्डाै०६पुस०७६/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुमा कार्यरत कर्मचारीले जग्गाको टेस नक्शा बनाइ दिएबापत घुस लिएको अभियोगमा अमिन सुशील बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको नक्शा बनाउने क्रममा रु चार हजार घुस मागेको आरोप लागेको छ । आयोगले आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरेको छ ।

मालपोत कार्यालय हरिवन सर्लाहीका खरिदार देवीचरण न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय हरिवनमा सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले रु एक हजार घुस लिई खरिदार न्यौपानेलाई दिएको पुष्टि हुन गएको आयोगले जनाएको छ ।

त्यस्तै ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले टिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रहरी सहायक निरीक्षक झाले रु एक हजार घुस लिएको अभियोग लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगीसम्बन्धी उजुरी मिलाइदिने भन्दै साहले रु ९० हजार घुस मागेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।