0 COMMENTS

 बासुदेव सेढाइ,लमजुङ,२०७६म‌सीर३०/वातावरण सन्तुलन , असल संस्कृति संस्कारलाई प्राेत्साहन , सभ्य समाज र सभ्य मुलुक निर्माण जन्मदिनमा बृक्षराेपण अभियान महाअभियान लमजुङ बाट सुरु भएको छ । २०७५ साल मंसिर २९ गते बेसीशहर बाट सुरु भएको महाअभियान अहिले देशैभर फैलिएको छ । यसैबीच अभियानले मंसिर २८ गते सनिवार लमजुङ बेसीशहरमा अभियानकाे बारेमा जानकारी दिन र अमुल्य सुझाव सल्लाह लिन अन्तरक्रिया यबं सचेतना कार्यक्रम अायाेजना गरेको छ । जन्मदिनमा बृक्षराेपण अभियानकाे अायाेजना र पाेखरा फाईनान्स लिमिटेडकाे प्रायाेजना भएको कार्यक्रममा उपस्थित सबै ब्यक्तित्वहरुले अभियान समय सान्दर्भिक रहेको बताउनुभएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय सदस्य धनन्जय दवाडीले प्रकृतिको बिनाश हुदै गएको अवस्थामा अभियानले संरक्षण गर्न महत्त्वपूर्ण सन्देश दिएको बताउनुभयो । असल संस्कारको सुरुवात सभ्य समाज र सभ्य मुलुक बनाउने साथै मुलुककाे अार्थिक अवस्थामा समेत सुधार गर्न सकिने हुनाले अभियानले सुखि नेपाली सम्बृद्ध नेपाल बनाउने सरकारले ल्यायकाे याेजनामा सहयोगी हुने कुरा उल्लेख गर्नुभयो । अभियान उत्कृष्ट रहेकोले अाफ्नाे तर्फबाट सक्दाे साथ र सहयोग रहने साथै सबैलाई अभियान सहयोग गर्न अाग्रह गर्नुभयो । कार्यक्रमका बिशेष अतिथि पुर्ब जिल्ला बिकास समितिका सभापति शंकरकान्त जाेशिले वातावरण संरक्षण साथ साथै संस्कार सभ्यताकाे बिकास , अार्थिक उन्नतिकाे पाटाे समेत समेटेर अभियान अगाडि बढेकोले उत्कृष्ट रहेको बताउनुभयो ।

अभियान्ताले धेरै संघर्ष गर्नुपर्ने भन्दै जाेशिले कार्यक्रम गर्दा मितव्ययिता अपनाउनु पर्ने कुरामा जाेड दिनुभयो । बेसीशहर वडा नं – ८ का वडा अध्यक्ष पबित्रा थापा रानाले स्थानीय जनप्रतिनिधिकाे तर्फबाट अभियान अगाडि बढाउन सक्दाे सहयोग गर्ने वचन दिनुभयो । डिभिजन बन कार्यलयका प्रतिनिधि दिपक प्रशाद पण्डितले अभियान सफलताको शुभकामना ब्यक्त गर्दै डिभिजन बन कार्यलय लमजुङको तर्फबाट सहयोगमा कुनै कमि नहुने बताउनुभयो । कार्यक्रममा कार्यपत्र जन्मदिनमा बृक्षराेपण अभियानका अभियान्ता बासुदेब सेढाईले गर्नुभएको थियोे भने मुख्य टिप्पणी सामाजिक न्याय अभियानका अभियान्ता यबं अधिवक्ता सुदर्शन जाेशिले गर्नुभएको थियोे असल संस्कारको सुरुवात स्वरुप खादाकाे सट्टामा माला र पिपलकाे पात प्रयोग भएको थियो ।

राष्ट्रिय झण्डा उठाएर कार्यक्रमकाे उद्घाटन गरिएको थियोे । कार्यक्रममा चिति कार्किडाँडा सेवा समाजका अध्यक्ष शिव सिलुवाल , रेडियो चाैतारिका अध्यक्ष इश्वाेर पाण्डे , प्रायाेजक संस्था पाेखरा फाइनान्सकाे तर्फबाट सुजन न्याैपाने ,हिमालचुलि कला साहित्य प्रतिष्ठानका अध्यक्ष बेन बहादुर सुयल , लिस्नाे साहित्यिक मञ्च लमजुङको तर्फबाट काेष अध्यक्ष देबिदास बराल , चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरे , प्रकृति नारि समाजकाे तर्फबाट सीता श्रेष्ठ , रेडियो लमजुङको तर्फबाट स्टेसन म्यानेजन यबं सहयोगी अभियान्ता रामजी राना , सिद्दार्थ बैंककाे तर्फबाट म्यानेज रुद्र पाेख्रेल ,गरिमा बिकास बैंकको तर्फबाट सुरेश थापा , युवाहरुकाे तर्फबाट निश्चल पाण्डे ,संचारिका समूह लमजुङ अध्यक्ष शान्ता कमली , सहयोगी अभियान्ता जयराम पाण्डे लगाएतले शुभकामना मन्तब्य दिदै अभियान सफलताको कामना गर्नुभएको थियोे ।

जन्मदिनमा बृक्षराेपण अभियानका अभियान्ता बासुदेव सेढाईकाे अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तब्य नेपाल पत्रकार माहासंघ गण्डकी प्रदेश सदस्य कमला केसीले दिनुभएको थियोे भने कार्यक्रमकाे सहजिकरण लिस्नाे साहित्यिक मञ्च लमजुङका अध्यक्ष बासुदेव थापाले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।