काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।
निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।
सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए । कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा भट्टराईले काम गरेका थिए ।
उनले ‘आफ्नो मान्छे, देवर बाबु, पाहुना,सो सिम्पल, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।