काठमाडौं ,मंसिर २९, २०७६/ साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ ।यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्