0 COMMENTS

काठमाडौं बिहीबार, ५ मंसिर, २०७६। सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ ।

यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेका छन् ।

उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छापिएको थियो ।

उक्त मुर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो । कमलको फूलमा उभिएको उक्त मुर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ ।

मुर्तिको दायाँ भागले भगवान विष्णुको प्रतिनिधित्व गर्छ भने बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुकी श्रीमती) को प्रतिनिधित्व गर्छ ।

१५ ‍औं सताब्दीमा बनेको उक्त मुर्ति सन् १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।