0 COMMENTS

 काठमाडौं ०५-मंसिर-२०७६। काठमाडौको वाल्वाटारमा प्रधानमन्त्री निवासको रुपमा विगत देखि हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि हिजो बुधवारको साँझदेखि धमाधम भत्काउन शुरु गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो ।

नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायी रुपमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ ।

गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

सो भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।