0 COMMENTS

उदयपुर,कार्तिक १९, २०७६ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा सोमबार राति दुई मोटरसाईकल एकआपसमा ठोकिदा दुबै मोटरसाईकलमा सवार गम्भीर घाईते भएका छन् । स. ७ प ७१२४ काे माेटरसाइकल र बा. ३४ प ३३२६ नम्बरको मोटरसाईकल एक अापसमा ठोकिदा त्रियुगा नगरपालिका १ जोगिदहका ३५ बर्षिय सूर्य बहादुर राई र त्रियुगा नपा ६ जलजले घर भएको ४० बर्षिय अशोककुमार शाह गम्भीर घाईते भएका हुन् ।

राई नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डामा कार्यरत प्युठ हुन् । उनको शरिरको भित्री भागमा गम्भीर चोट लागेको छ भने साहको खुट्टा भाच्चिनुका साथै शरिरको विभिन्न ठाउमा चोट लागेको छ ।

उनीहरुको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि थप उपचारको लागि शाहलाई टिचिङ अस्पताल काठमाडौ र राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।