0 COMMENTS

रमिला बस्नेत,उदयपुर१८ । उदयपुरमा मध्य पहाडी मदन भण्डारी स्मृति राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका वडा नं. २ स्थित झाेडापाटा बाट  भुल्केजाने अाेरालाेमा सोमबार साँझ करिव ४ः३० बजे कार दुर्घटना हुँदा सांसद र उपमेयर सामान्य घाइते भएका छन् । त्रियुगा नगरपालिकाको स. १ झ ५३१ नम्बरको कार दुर्घटना हुँदा प्रदेश नं. १ का सांसद  सञ्झा दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर  देवी कुमारी चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

लैंगिक हिंसा विरुद्धको वर्ष अभियान २०७६÷७७ को लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेबारी, भूमिका र प्रतिवद्धता विषय प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रमबाट फक्र्दै गर्दा कार अनियन्त्रित भैई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भई रहेको छ ।
चालक योगेश चौधरीका अनुसार चौदण्डीगढी नगरपालिका वडा नं २ झाेडापाटा बाट भुल्केजाने मोडमा साइकललाई बचाउँन खोज्दा कार सडक भन्दा तल खसेको बताए । उनका अनुसार कारमा सामान्य क्षति पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।