0 COMMENTS

काठमाडौं,कार्तिक १४, २०७६, / काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृ*त्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाइ सुस्मा मेमाेरिएल हस्पीटल र काठमाण्डाैकाे टिचीङ हस्पीटलमा उपचार हुदैछ भने घाइतेकाे सनाखत हुन नसकेकाे एक स्थानीयले बताए ।

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सेफेदीमा दुर्घटना भएको हो ।तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ ।ओरालो सडकमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।