0 COMMENTS

 झापा १३कार्तीक०७६/ मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट कौडा १ सेट र नगद दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।