0 COMMENTS

काठमान्डाैं ११कार्तीक०७६/ अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पु¥याइएपछि उनको गर्भ रहेको खुलेको हो ।

‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिए,’ बालिकाको बुवाले भने,‘छोरीको पेट किन सुन्नियो डाक्टर साब हेरिदिनुहोस् भनेँ । डाक्टरले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेको जस्तो भएँ ।’ आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।