0 COMMENTS

काठमाडौं ११कार्तीक/  पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँको तिहार सामग्री आयात भएको थियो ।
ती सामग्री भारत, चीन, थाइल्यान्ड, अमेरिका, क्यानडा लगायतबाट आयात भएको विभागले जनाएको छ । सबैभन्दा बढी स्याउको आयात भएको छ । ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको स्याउ आयात भएको छ । अघिल्लो वर्षको तिहारमा १ अर्ब ७२ करोड रुपैयाँको स्याउ आयात भएको तथ्यांकमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।