0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै१०कार्तीक/  शास्त्र अनुसार कश्यप ऋषिका दुई पत्नी मध्ये अदितिका गर्भबाट देवताहरूको जन्म भएको थियो भने दितिका गर्भबाट दानव हरुको जन्म भएको थियो। देवराज इन्द्र स्वर्ग को राजा भएर पनि अत्यन्त बलशाली दानवहरु बाट सधैं भयभित भई नै रहन्थे भने दैत्यकुलमा जन्म भएको भएता पनि ज्ञानी, दानी र भगवानका भक्त भएका कारण हिरण्यकश्यपु का छोरा प्रल्लादलाई अनेकौ सङ्कट बाट भगवान विष्णुले बचाएका थिए। उनै प्रल्लादका नाति, विरोचनका छोरा राजा वलि पनि प्रल्लाद जस्तै भागवत् भक्ति मा लागेका थिए। तर कूल दैत्य भएको र आफ्ना सहायक हरु पनि दैत्य स्वभावका तामसी, राजसी भोजन गर्ने भएका कारण राजा वलि लाइ स्वर्गको राजा इन्द्रलाई युद्धमा हराएर स्वर्गको राजा हुनु पर्ने कुरा गरी उकास्न थाले। आफ्ना सल्लाहकार हरुको कुरा मानेर राजा बलिले पनि इन्द्रसँग युद्धको घोषणा गरिदिए।युद्धको घोषणा सुनेर नै त्रसित बनेका देवताहरू भागाभाग गरेर यत्रतत्र भाग्न थाले पछी राजा बलिले विश्वजित नामको अस्त्रद्वारा युद्ध गरी स्वर्ग जीते र दैत्यन्द्रिय काे नामले स्वर्गको राजा भएर बस्न थाले।

त्यसैबेला देवताहरूले दुःख पाएको देखेर माता अदितिले ऋषि कश्यप लाइ बिन्ती गरिन्। ऋषिले पनि यसमा आफूले केहि गर्न नसक्ने र विष्णुको आराधना गरे समस्या सुल्झने सुझाव दिए पछि देवमाता अदिति ले विष्णुको भक्ति गर्न थालिन्। उनको अनन्य भक्तिले प्रसन्न भएका विष्णु ले देवताहरूको रक्षा गरे पनि आफ्नो भक्त, दानी, ज्ञानी अनि वैष्णव राजा बलिको पनि कुभलो गर्न नसकी, अत्यन्त दानी भएका कारण थोरै घमण्डी बनेका वलि राजाको घमण्ड चुर गर्न वामन अवतार धारण गर्न पुगे। आफ्नो भक्त घमण्डी नहोस् भन्ने चाहना राख्ने भगवान विष्णु, हातमा कमण्डलु र लौरो लिएर अत्यन्त सुन्दर र तेजयुक्त परिपूर्ण स्वरूपमा ,आफ्नो राज्य अकन्टक बनाउनका लागी नर्वदा तटमा अश्वमेध यज्ञ गर्न लागेका वलि राजाको दरबारमा भिक्षा माग्न पुगे। आफ्नो अश्वमेध यज्ञ अनि ढोकामा आइपुगेको चमत्कारिक बालक देखेर आफ्नो अहोभाग्य सम्झदै के माग्ने इच्छा ले आयौ? माग भन्दा, भगवान विष्णु ले केही नचाहिने बताए पनि राजा बलिले आफू अत्यन्त दानी भएको र आफ्नो दरवारको ढोकामा आइसके पछी केही न केही माग्नु पर्ने सर्त राखे पछि भने ,भगवान विष्णु ले आफ्नो तीन पाउ जमीन संकल्प सहित मागेका थिए।

यति सानो बालक अनि तीन पाउ जमीन कति नै हुन्छ र म दानी राजाको लागि भन्ने सम्झेर अझै माग्ने सल्लाह दिए पनि बालक रूप भगवान विष्णु ले संकल्प सहित दिए त्यति भए पुग्ने कुरा बताए पश्चात राजा वलि संकल्प लिन थाले त्यती नै बेला यो विष्णुको छल हो भनेर बुझेका दैत्य गुरु शुक्राचार्य ले राजा बलिलाई संकल्प नलिन आग्रह गरे पनि आफ्नो वचन मिथ्या हुने भएकोले राजा बलिले गुरू काे आज्ञा पनि नमानेका थिए। नभन्दै जब राजाको संकल्प सकियो तब भने जमिन नाप्ने बेला आयो र भगवानले आफ्नो बालक रूपलाई विशाल बनाइदिनु भयो र दुई पाउ ले नै सारा विश्व ब्रह्माण्ड ढाकिदियो अब तेस्रो पाउ राख्ने ठाउँ नभए पछि भगवानले कहाँ राखु भनी सोध्दा दानवीर राजा बलिले आफू त बाँकी नै रहेको बताए पछी तेस्रो पाउ राख्नका लागि देऊ शिर भनी मागेको वचन नै पछि देउ सिरे मा परिणत भएको हो भन्ने भनाइ पनि छ।

यसरी भगवानले आफ्नो भक्त बलिको घमण्ड तोड्ने र उद्धार गर्ने उद्देश्यले लिनुभएको परीक्षामा राजा सफल भए पछि बलिलाई पनि आफूलाई इच्छा लागेको वर माग्न भन्दा, राजा बलिले कार्तिक शुक्ल प्रतिपदा को दिन आफ्नो नाममा पूजा गरी देउसी खेल्ने र दान गर्ने गर्नाले धन सम्पति, सुख शान्ति समृद्धि को वृद्धि भई भगवान विष्णु को सानिध्य प्राप्त हुने कुरा मागेका थिए र त्यसै बेला देखि यो देउसी खेल्ने चलन चलेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।