0 COMMENTS

काठमाण्डाै०८कार्तीक०७६/मिति २०७६/०६/२४ गतेबाट मिति २०७६/०७/०३ गतेसम्म मित्रराष्ट्र बेलायतमा संचालन भएको”Exercise Cambrian Patrol 2019″ मा नेपाली सेनाको तर्फबाट सहभागी भई स्वर्ण पदक जित्‍न सफल अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७६ कार्तिक ८ गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच”प्रधानसेनापति प्रशंसा निशान”प्रदान गर्नु भएको छ ।

उक्त “प्रधानसेनापति प्रशंसा निशान” सुशोभन कार्यक्रममा प्रधानसेनापति महारथी थापाले प्रतियोगितामासहभागी सकलदर्जालाई सुशोभन गर्नुका साथै हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र नेपाली सेनाको प्रतिनिधित्व गरी हासिल गरेको सफलताले नेपाली सेनाको गौरवमय इतिहासलाई थप जीवन्त राख्‍न महत्त्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गर्नुभएको थियो ।

 संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्‍न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरी कुल १४० सैन्य टोलीहरुको सहभागिता रहेको थियो । नेपाली सेनाको तर्फबाट प्रमुख सेनानी अशिम देव  गुरुङ्गले नेतृत्वमा गर्नु भएको उक्त अभ्यासमा श्री विशेष फौज बाहिनी, श्री पशुपति प्रसाद गण र गौरीबक्स गुल्मका टोलीले सहभागिता जनाएका थिए ।उक्त विश्वस्तरिय सैन्य अभ्यासमा युद्वकालीन विशेष परिस्थितिहरुको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर शारीरिक सहिष्णुता र पेशागत दक्षताको आधारमा मुल्याङ्कन गरिएको थियो । सन् १९६० बाट वार्षिक रुपमा मित्रराष्ट्र बेलायतमा संचालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको “Exercise Cambrian Patrol 2019” प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिदैं आईरहेको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो । नेपालीसेनामा कार्यरत सैनिकहरुले नेपाल तथा सेनाको प्रतिष्ठा उच्च बनाउन गरेको योगदानका आधारमा “प्रधानसेनापतिप्रशंसा निशान” प्रदान गरिदै आएको छ ।

 नेपाली सेनाको यस प्रकारको प्रतियोगिताहरुमा सहभागिता तथा संगठनको नेतृत्वबाट प्रदान गरिने यसप्रकारको प्रशंसाले नेपाली सेनामा कार्यरत सैनिकहरुको कार्य क्षमता, आत्मबल तथा संगठनप्रतिको सकारात्मकभावनामा वृद्धि भई थप व्यवसायिक हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।