0 COMMENTS

काठमाण्डाै०६कार्तीक/   मिति०७६ साउन १९ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपाली सेनाको ४० (चालिस) भर्ना केन्द्रहरुमा ५८०० (पाँच हजार आठ सय) जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भईरहेकोमा केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा ४ (चार) जना सैनिक तथा २३ (तेईस) जना गैर सैनिक व्यक्तिहरुको नेपाली सेनाले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।

 नेपाली सेनाको भर्ना केन्द्र, उत्तर पश्‍चिम पृतना हे.क्वा. मा संचालन भईरहेको सैन्य भर्ना प्रक्रियामानक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा ३ (तीन) जना र नं.५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा १ (एक) जना सैनिक व्यक्तिहरुलाई सैनिक निगरानीमा राखी अनुसन्धानको कार्य नेपाली सेनाले शुरु गरेको छ । सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ (छ) जना तथा नक्कली परीक्षार्थी ९(नौ) जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

यसैगरी सैन्य भर्ना केन्द्र श्री नं.२४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं.५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ (चार) जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने वास्तविक उम्मेदवारहरुको खोजी कार्य भईरहेको छ । अन्य ३ (तीन) भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ (चार) जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई नेपाली सेनामा योग्य व्यक्तिको सेवा गर्ने अवसर नगुमोस् भन्‍ने कुरामा महत्त्वका साथ जोड दिदैं आउनु भएको छ । सोही बमोजिम गतवर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढि प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा Verification Desk राखी Bio-Metric Machine को प्रयोग गरी उम्मेदवारहरुको Verification र Fraud नियन्त्रण गर्ने गरिएको छ । यस प्रकारका व्यवस्थाले नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा हुने अनियमिततामा कमी आउनुका साथै त्यस्ता कारवाहीले संगठन शुद्धिकरण अभियानमा समेत टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।