0 COMMENTS

 काठमाडौं ६ कात्तिक, । नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिए ।

प्रहरीले गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको छन । बरामद मदिरा नष्ट गरिएको डीएसपी लम्सालले बताए ।गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । पक्राउ परे पनि उनले स्थान परिवर्तन गराउँदै जुवा खेलाउने गरेको प्रहरी भनाइ छ । नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।