0 COMMENTS

काठमाडौं, कार्तिक ५/यस वर्ष राहदानी बनाउनेको संख्या गत वर्षको तुलनामा पाँच गुणा बढी बृद्धि भएको छ ।

बसोबासका लागि अमेरिका जान पाउने डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिनकै लागि यस वर्ष राहदानी बनाउनेहरुको संख्या अत्यधिक बढेको हो । कान्तिपुरमा खबर छ ।

यस वर्ष डीभी भर्दा राहदानी पनि अनिवार्य गरेको छ । डीभीका लागि आवेदन खुल्नासाथ राहदानी बनाउनका लागि मानिसहरुको काठमाडौंमा भीड लागेको छ ।

अन्यबेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहने गरेकोमा पछिल्लो दिन झण्डै चार हजार जनाले आवेदन भरिरहेका छन् ।यसमा एक तिहाई १५ हजार शुल्क तिरेर एकै दिनमा राहदानी लिनेको संखया छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।