0 COMMENTS

रमिला बस्नेत,उदयपुर०४कार्तीक/ दिपावलीको अवसर पारेर मनिष रन्जन बरालले कृष्ण कृष्ण मनमा बोलको भजन रिलिज गरेका छन् । उदयपुर जिल्लाको साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ८ वर्षको हुँदादेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम (श्रीमुक्तिनाथ पिठ वेद विद्याश्रम) मा आश्रित रही संस्कृत शिक्षा आर्जन गरेका हुन् ।

हाल उपत्यकाको कलंकी बस्दै आएका मनिष रञ्जन बरालको स्वरमा एक प्रकारको छुट्टै माधुर्यता रहेको छ । दर्जनौ भजनहरु रेकर्ड गराइसकेका मनिषको थुप्रै भजन बजारमा आउन बाकी भएको उनी बताउछन् जस्तोसुकै विधाका गीतहरु पनि गाउँन सक्ने क्षमता बोकेका उनले आफूले आर्जन गरेको शिक्षाको महत्व कायम राख्न भजनमा आकर्षित भएको बताए । उनले उक्त भजनमा स्वर, संगीत संगीत समेत आफैंले दिएका छन् भने शब्द : अर्जुन पौडेलको रहेकोछ । बिश्वास नेपाले एरेञ्ज गरेको उक्त भजन भिडियोको निर्देशन तथा सम्पादन भने बिष्णु भट्टराईले गरेका छन् । संस्कृतिको जगेर्ना गर्न भजनलाइ बढी महत्त्व दिनुपर्छ भन्ने सोच राखेका नवराज घिमिरे आफुलाइ सो भजन मन परेपछी भजनलाई अगाडि ल्याउन तयार भएको उनको भनाइछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।