0 COMMENTS

वि.सं. २०७६ आश्विन २२ गते बुधबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल, हुलाक दिवस, धनिष्ठा पञ्चक प्रारम्भ दिनको ११ बजेर ४० मिनेटपछि, आजको मूहुर्त : अग्निवास(होमादि), डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) एकादशी तिथि, साँझ ०५:५७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि १२:५० बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो ११:४० बजेसम्म, त्यसपछि कुम्भ राशिमा, शूल योग, मध्यरात्रीपछि ०४:१८ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा विष्टि (भद्रा) करण साँझ ०५:५७ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०६:५५ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०६:०० बजे, सूर्यास्त : साँझ ०५:४० बजे, दिनमान : २९ घडी १० पला (११ घण्टा ४० मिनेट, रात्रीमान : ३० घडी ५० पला (१२ घण्टा २० मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कामधन्दा र मिहिनेतबाट सामान्यतया लाभ हुने सम्भावना देखिंदैछ । उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । नोकरी र सामाजिक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ । ठूलाबडाले सहयोग गरेमा राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउन सकिन्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि शुभ सङ्केत मिल्नेछ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर राशिमा शुभ ग्रहको प्रभाव रहेकाले कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँके/ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार/व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । दिन अनुकूल नभए पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज कल्पनाको संसारमा रुमल्लिएर दिन बित्नेछ । मनमा नानाथरिका कल्पना र भावना जाग्नेछन् । घरिघरि मानसिक अशान्ति र छटपटी बढ्न सक्छ । तर्कवितर्क, बहस र वादविवादमा नअल्मलिएको जाति हुन्छ, विनापत्तामा झैझगडा र किचलो बढ्न सक्छ । दिन ढल्दै जाँदा मायाप्रेम र पारिवारिक सुखका निमित्त अनुकूलता बन्नसक्छ, रसरङ्ग र घुमघामका लागि समय र धनको जोहो हुनेछ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नसक्छ । तर प्रेमप्रसङ्ग र दाम्पत्य सम्बन्धमा चिसोपन बढ्नसक्ने सङ्केत पनि छ । भोगविलास र सुखसुविधा बढाउन गरिएको प्रयास सफल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि अशान्ति र अराजकताका समाचार पनि आउन सक्छन् । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।