0 COMMENTS

काठमाडौं, २१ असोज०७६/ निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ शिवाकोटीलाई प्रदान गरिने भएको हो ।

इन्जा मुख्यालय (अमेरिका, वासिङ्टन) ले विज्ञप्ति जारी गरी एक हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यो वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जनाएको छ ।

आउँदो नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ ।

शिवाकोटीले हालै तत्काली सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि गरेको यौन दुर्व्यवहार खुलासा गरेका थिएन ।

शाहीको किटानी जाहेरीपछि पक्राउ परेका निवर्तमान सभामुख महरा अहिले हिरासतमा छन् । यौन दुर्व्यवहारको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।