0 COMMENTS

काठमाडौं, असोज २०/बलात्कार प्रयास आरोपमा आइतबार साँझ पक्राउ परेर हिरासतमा पुगेका निबर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ ।

उनलाई पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य जाँचका लागि बीर अस्पतालमा लगिएको काठमडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । उनकाअनुसार महराको स्वास्थ्यमा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ ।

उनले महराले पहिलेदेखि नै उच्च रक्तचापको औषधि सेवन गरिरहेका बताए । महरालाई सोमबार साँझ सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।उनीमाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको किटानी जाहेरीपछि प्रहरीले महरालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।