0 COMMENTS

शक्ति पुजिने घरहरूमा वर्ष भरीमा पर्ने चार नवरात्र भरी नै शक्ति को उपासना गरिने गरेको भएता पनि धेरै लाई थाहा भएको र मान्ने नवरात्री भने वडा दशैं कै नवरात्री भएका कारण यो नौ दिन सम्म जमरा राखी गरिएका पुजाहरुमा नवौं दिनको पुजा काे पनि अन्य दिनका पुजा हरु जस्तै विशेष महत्व रहेको छ। यस् दिन माता को रूप मानी नौ वटी कन्याको पूजा गर्ने पनि चलन छ। नौरथमा कन्या पूजाको अधिक महत्व रहेको हुनाले हरेक दिन कन्या पूजा गरेको पनि देख्न पाइन्छ भने यो संख्या मा वृद्धी भई एक सय आठ सम्म कन्या को पूजा गर्न पनि सकिन्छ।

नवमीको दिन पुजिने देवी माता सिद्धीदात्री हुन। सिंह वाहन भए पनि कमलको फूल माथि विराजमान माता का चार हात मा शंख, चक्र, गदा र कमलको पुष्प रहेको छ। शास्त्रिय बिधि बिधान ले नियमपूर्वक माताको आराधना गर्दा सबै प्रकारको काममा सिद्धि अवस्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता रही आएको छ। मानिसको लगायत राष्ट्र कै र विश्व कै पनि विपत्ति हरण गर्न सक्ने माता को शक्ति काे वर्णन जति गरे पनि अपुग नै हुने गर्दछ। प्राचीन कालमा देवता, दानव यक्ष सबैले माता कै उपासना द्वारा आफ्ना असम्भव कार्यहरू पनि पूरा गरेका थिए भने स्वयं शंकर भगवानले पनि माता सिद्धिदात्री कै आराधनाले विभिन्न प्रकारका कार्य सिद्ध गरे सँगै अर्ध नारेश्वर को रूप पनि प्राप्त गर्नु भएको थियो।

त्यसैले मानिसले पनि आफ्ना जीवनमा आएका सम्पूर्ण बाधा व्यवधान हरु लाई माताको आरधना द्वारा निर्मूल पार्न सक्दछन् तर पूजा आराधना गर्दा गरिनु पर्ने नीति नियम, पूजा सामाग्री, जप, पाठ,हवन, मन्त्रोच्चारण,आरती, शुद्धता तथा कर्ता र पूजा गर्ने वाला व्यक्ति पनि कर्म निष्ठ हुनु पर्दछ भने माताको शक्ति प्रति पूर्ण विश्वास हुनु पर्दछ।यसर्थ जो कोहीले पनि आफ्नो जीवन सहज भए सम्म पूजा पाठ र मन्दिर को लागि समय दिन नसके पनि जीवन कष्टकर बन्न पुग्दा र आवस्यक परेको खण्डमा मात्र भए पनि जानेको सकेको र भ्याएको क्षमताले वर्ष दिनमा एक पटक मात्र आउने नवरात्री पूजा श्रद्धा भक्ति का साथ गर्नु आफ्नै लागि फाइदाजनक हुन जान्छ।प्रस्तुतीःप्रतिभा भट्टराइ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।