0 COMMENTS

वडा दशैं को महाअष्टमीका निकै श्रद्धा एवं भक्तिपूर्वक पुजिने देवी महा गौरी हुन। श्वेत वर्ण भएकी र श्वेत वस्त्रमा सजिएर साँढे मा सवार हुने माता गौरी अत्यन्त शान्त स्वरुपकी छिन्। चार हात भएकी, एक हात मा त्रिशुल, अर्को हातमा डमरु र एक हात अभय मुद्रा मा र अर्को हात वर मुद्रा मा रहेकी माता गौरी ले देवाधिदेव महादेव स्वामी पाउनका लागी धेरै वर्ष कठोर तपस्या मा रहँदा काली हुन पुगेकी थिइन् तर माता पार्वतीको तपस्या बाट प्रसन्न भएर शंकर जी ले गंगा जलले अभिषेक गरिदिंदा अत्यन्त गोरी भए पछि गौरी नामले चिनिएकी माता को पूजा आराधना पाप नष्ट गर्नका लागि, अटल सौभाग्यको लागि, व्यापार वृद्धि को लागि तथा जुनसुकै समस्या समाधानका लागि विधिपूर्वक गर्न सकिन्छ।

उनको शान्त स्वरूप र तपस्या देखि हिंश्रक जन्तु सिंह पनि नतमस्तक भएर उनको वाहन बनेको थियो। यसर्थ आफ्ना भक्तहरू ले पनि नियमपूर्वक र विश्वासका साथ आफ्नो आरधना गर्दा असम्भवलाई सम्भव बनाउन सक्ने र सञ्चित पापको पनि नाश गर्ने तथा अनेक प्रकारका लाभ प्रदान गर्ने देवीको पूजा मा सम्पूर्ण पूजा सामाग्री, सौभाग्य का सामान तथा पहेंलो वा सेतो पुष्प, श्री फल (नरिवल) र रातो चुनरी विशेष मानिन्छन्।प्रस्ताेताःप्रतिभा भट्टराइ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।