0 COMMENTS

एक रूपबाट अनेक हुन सक्ने माता दुर्गाको सातौं रूप कालरात्रि को हो। रातको अन्धकार जस्तै शरीरको रंग भएकी, छरिएका केश र तीन नेत्र भएकी, गलामा तेज्युक्त माला पहिरेकी तथा श्वास बाट अग्निको ज्वाला निकाल्ने भयङ्कर रूप भएकी माता कालरात्री दुष्ट हरुका लागि अति उग्र देखिन्छिन् भने आफ्ना भक्त हरुका लागि शुभ फल प्रदान गर्ने भएकीले सुभङ्करी को नामले पनि चिनिन्छिन्।

वाहन गधा भएकी र चार हात भएकी माता को एक हात अभय मुद्रा मा, अर्को हात वर मुद्रा मा र एक हात मा खड्ग छ भने अर्को हातमा फलामको काँटा रहेको छ। शुम्भ, निशुम्भ र रक्तबीज दैत्यको अत्याचार सहन नसकी देवाधिदेव महादेवको शरणमा पुगेका देवता हरुका पुकार सुनेरलमाता पार्वतीलाई दुष्ट को संहार गर्ने आज्ञा अनुसार दुर्गाको रूप धारण गरी माता पार्वतीले शुम्भ निशुम्भको वध गर्नुभएको थियो।

तर रक्तबीज जस्को रगत भुइँमा खस्ने बित्तिकै हजारौं दानव हरु उत्पन्न हुने वर ब्रह्मा द्वारा पाएको थियो उस्को वध जटिल भएका कारण माता दुर्गाले आफ्नो तेज शक्ति बाट कालरात्रि को उत्पन्न गराई रक्तबीज को सारा रगत भुइँमा खस्न नदिई पिउनु भएको र उसको पनि अन्त्य गरी देवता हरुको रक्षा गर्नु भएको थियो। त्यसैगरी आफ्ना भक्त हरुको पनि सेवा उपासना बाट प्रसन्न भएर ग्रह बाधा हटाउने,जल, अग्नि, शत्रु, जन्तु तथा रात्री भए हटाउने माता लाई सख्खर र मासको बारा भोग लगाई सिन्दुर चढाउनु राम्रो मानिन्छ।प्रस्तुतीःप्रतिभा भट्टराइ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।