0 COMMENTS

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ।

प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुव्र्यवहार नभएको जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ मोड देखिएको हो।

पति–पत्नीले नै सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानुनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको मानिँदैन।उक्त प्रकरणलाई लिएर प्रहरीले सबुद प्रमाण संकलन गरिरहेका बेला रोशनीले आफू डिप्रेसनको बिरामी भएको तथा आवेशमा आएर महरालाई आरोप लगाएको बताएकी थिइन्। प्रहरीले सबुद प्रमाण संकलन गरेर राखे पनि उनले उजुरी नदिएकाले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन।

पीडितले उजुरी नदिएपछि अनुसन्धान गर्न अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ। संकलित सबै सबुद सुरक्षित रहेको प्रहरीको भनाइ छ । ‘हामी जुनसुकै बेला अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छौं,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकारण प्रमाणहरू सुरक्षित राखिएका छन्।’ यो समाचार अजाको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।