0 COMMENTS

दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।  कुनै समय सृष्टिको अस्थित्व नभएका बेला चारै तिर अन्धकारै अन्धकार भएका बेलामा यिनै माता कुष्माण्डा ले ब्रम्हाण्डकाे रचना गरी सृष्टि सञ्चालन गरेकी थिइन्।

सूर्य समान तेज भएकी माता कुष्माण्डा का आठ भुजाहरू छन् जस्मा, चक्र, गदा,धनुष, बाण, कमण्डलु, अमृत कलश, कमलको फुल, र कमल गट्टा को जपमाला रहेका छन्। सिंह वाहन भएकी र ब्रम्हाण्ड आफैं सृष्टि गरेकी माता लाई जगतमा भएका वस्तु हरू भन्दा पनि भक्तको भक्ति मात्र अति प्रीय लाग्ने हुनाले माता थोरै मात्र सेवा अर्चना ले पनि छिट्टै प्रसन्न हुने गर्दछिन्। माताको पूजा आराधना विधिवत् गर्दा मानव शरीरमा भएका चक्र हरू मध्ये अनाहद चक्र जागृत भई रोग ,शोक नष्ट हुने र यश बल र आरोग्यतताका साथै भौतिक र आध्यात्मिक सुख प्राप्त हुने मान्यता छ। बुध ग्रह सँग सम्बन्धित माता को पूजामा हरियो बस्त्र धारण गरी हरिया फल (कुभिण्डो)र मालपुवा को भोग लगाई, दान गर्ने र सेवन गर्ने गरेमा बालबालिका हरुको मन् पढाइमा लाग्ने तथा बौद्धिक विकास हुने विश्वास पनि गरिन्छ।प्रस्तुतीःप्रतिभा भट्टराइ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।