0 COMMENTS

काठमाडौं, असोज १४/ज्ञानेन्द्र शाहीलाई चितवनमा कुटपिट भएपछि उनलाई कुट्ने समूहको खोजी कार्य तिब्र भएको छ । शाहीलाई आक्रमण गर्ने समूहको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार शाहीलाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी छ । यद्यपी आक्रमण गर्नेहरुको पहिचान गर्न मुस्किल भएको उनको भनाई छ ।

भरतपुरको चौबिसकोठीमा राखिएको सिसिक्यामेराले काम नगर्दा समस्या भएको चितवन प्रहरीको भनाई छ । शनिबार दिउँसो ३ बजेतिर शाहीमाथि आक्रमण भएको थियो ।

उक्त ठाउँमा राखिएको सिसि क्यामेरामा केही व्यक्ति कैद भएपनि स्पष्ट रुपले मान्छे चिन्न मुस्किल परेको प्रहरी प्रमुख मल्लको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।