काठमाडौं, असोज ९ । गोरखा र लमजुङ आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो ।उक्त धक्का ४.७ म्याग्निच्यूडको थियो ।
सोको केन्द्रविन्दु गोरखाको खरिबोटको उत्तरतिर रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।भूकम्पको धक्का गोरखा र लमजुङसँगै नवलपरासी, रुपन्देही, पाल्पालगायतका जिल्लामासमेत महसुस गरिएको स्थानीयले बताएका छन् ।त्यसले कुनै क्षति पुर्याएको सूचना आएको छैन । स्थानीयलाई भने केही क्षण अत्याएको थियो ।गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।
बिहीबारको भूकम्प नयाँ नभइ सोही शक्तिशाली भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्