0 COMMENTS

शुक्रबार, भदौ २७, २०७६

काठमाडौं– इन्द्रजात्रामा सरिक विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेका शिव सेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।राष्ट्रपति लगायतका विशिष्ट पदािधकारीविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै प्रहरीले शिव सेनाका कार्यकर्तालाई बसन्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले शिव सेना नेपालका करिब ५० कार्यकर्तालाई पक्राउ गरेको अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिए ।धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने अध्यक्ष बस्नेतले आरोप लगाए ।

करिब १ हजार पार्टीका नेता तथा कार्यकर्ताले कालो पहिरनमा धर्मनिरपेक्षता पक्षधरका विशिष्ट पदाधिकारीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रहरीले अध्यक्ष अनिल बस्नेतसहित पूर्व डिआईजी विजय भट्ट, पूर्व मेजर केशव बस्नेत लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अहीले राती ९ः०० बजेसम्म पनी भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको  शिव सेना नेपालका  अध्यक्ष अनिल बस्नेत ‘बाबा’ ले हामीलाइ जानकारी गराउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।