0 COMMENTS

काठमाडौं- मुलुकभर डेंगुको संक्रमण भयावह रुपमा फैलिएको छ ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको र जिल्लागत रुपमा चितवन सबै भन्दा बढी प्रभावित भएको जनाएको छ ।

मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए । रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएको उनले बताए । उनले खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने बताए ।यसैबीच डा. बैधनाथ प्रधानले फेसबुकमा एउटा हस्तलिखित तस्वीर राख्दै डेंगुका लक्षण उपचार विधिबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्– ‘डेंगुको औषधि छैन । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलवियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केही गाह्रो अनुभव भएमा तुरुन्त अस्पताल भर्ना हुने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।