0 COMMENTS

काठमाण्डाै,  संविधान दिवस २०७६ को उपलक्ष्यमा  २०७६।०५।२६। गते काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ त्रिपुरेश्‍वरदेखि सुन्धारास्थित नागस्थान चोकसम्म माननीय वन तथा पर्यावरणमन्त्री  शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर  विद्या सुन्दर शाक्य र नेपाली सेनाका बलाधिकृत रथी  शरद कुमार गिरीको नेतृत्वमा सञ्‍चालन भएको उक्त वृक्षारोपण कार्यक्रममा कपुर, जाग्रयात र बोटल क्रस गरि करिव १५३वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक, काठमाण्डौ महानगरपालिका वडा नं.११ का अध्यक्ष, अन्य विशिष्ट व्यक्तिहरु लगायत नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।