0 COMMENTS

वि.सं. २०७६ भाद्र २७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, कुमारी इन्द्रयात्रा, नेवारी पर्व स्वाँछाय, लंकु ढँडार मष्टो पूजा, सद्गुरु श्री देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), भाद्रपद शुक्लपक्ष (ञलाथ्व) चतुर्दशी तिथि, बिहान ०६:३८ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, शतभिषा नक्षत्र, बेलुका ०८:१० बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), धृति योग, बेलुका ०९:५० बजेसम्म, त्यसपछि शूल योग, सुरुमा वणिज करण बिहान ०६:३८ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका ०७:३९ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४७ बजे, सूर्यास्त : साँझ ०६:११ बजे, दिनमान : ३० घडी ५९ पला (१२ घण्टा २४ मिनेट, रात्रीमान : २९ घडी ०१ पला (११ घण्टा ३६ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । कुनै कीर्तिमानी काम सम्पादन हुनसक्छ । प्रतिष्ठा कमाउने बेला छ । गरेको क्रियाकलापबाट सन्तुष्ट भई धेरैले तारिफ गर्नेछन् । घरगृहस्थीमा समय दिन नसक्नाले केही समस्या देखिनसक्छन्, परिवारजनसँग असमझदारी बढ्ने छ, फकाउने फुल्याउने काम पनि गर्नुपर्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । ठूलाबडा र सहयोगीहरूको साथसहयोग प्राप्त हुने दिन छ । मिहिनेत र लगनशीलताको राम्रो परिणाम प्राप्त हुने समय हो, आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । उद्योग र व्यापारमा संलग्नहरूका लागि विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पराक्रम र उत्साह बढ्ने दिन हो, किनभने भाग्यमा बलियो चन्द्रमाको उपस्थिति देखिन्छ । हाँकेका र ताकेका हरेक काम सजिलै सम्पन्न हुनेछन् । सामाजिक सम्मान र प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम र पुराना समस्या हल गर्न गरिएको प्रयास सफल हुनेछ, साथै नयाँ काम र जिम्मेवारीसमेत हात पार्ने मौका छ । कीर्तिमानी काम सम्पादन हुनसक्छ । मातापिताको इच्छा पूरा गरेको राम्रो हुन्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अष्टमस्थ चन्द्रमा रहेकाले काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती र अप्ठ्याराको सामना गर्नुपर्ने दिन छ । पुरानो लेनदेनको समस्या बल्झिनसक्छ, अकारण वादविवादमा फँस्ने सम्भावना छ । नचिताएको ठाउँमा अचानक धनहानि हुने परिस्थिति बन्नेछ, गरेका कामबाट पनि समुचित प्रतिफल नआउन सक्छ । आफन्त र परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुनेछैनन् । आज हातहतियारको प्रयोग गर्दा, बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ मित्र बनाउने दिन हो, विपरीतलिङ्गी मित्रसँग मन फुकाएर कुराकानी गरिने छ । छात्रछात्रा रामरमाइलोमा भुलिने छन् ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन प्रतिस्पर्धा र सङ्घर्ष गर्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेको फाइदा उठ्न सक्दैन । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मानसम्मानमा आघात पुग्ने र काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । तापनि, रोजगारी र व्यावसायिक काममा सामान्यतया फाइदा नै हुनेछ, तर आज असाध्यै चनाखो भएर काम गर्नुपर्ने दिन हो, गरेको कामबाट जस पाउनुको साटो उल्टै फन्दामा पर्ने समय छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने समय छ । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज छात्रछात्राका लागि विशेष दिन छ, अन्य सबैले पनि समुदायको हितमा राम्रो काम गर्न सकिने समय हो । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारीप्रति आकर्षण बढ्ने छ । गरेको प्रयासअनुरूप आफ्नो क्षेत्रको नेतृत्व गर्नुपर्ने हुन्छ, त्यस्तै सामाजिक हैसित स्थापना गर्ने मौका मिल्नेछ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । आर्जित धनको दीर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राशिस्वामी मङ्गल र चन्द्रमाको एकआपसमा पूर्णदृष्टि रहेको आजको दिन स्थिर सम्पत्ति जोड्ने वा त्यसप्रति आकर्षण देखाउने समय हो । बोलीको भरमा काम फत्ते गर्ने सकिने छ, बोली र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको मिहिनेत र परिश्रमको प्रतिफल पाउने समय छ, त्यस्तै रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज चतुर्थ भावमा रहेको चन्द्रमाको केही नकारात्मक परिणाम पनि पाउन सकिन्छ, जस्तै , आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न ढिला हुनसक्छ, अनि जिम्मेवारी बढिरहने समय छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तृतीय भावमा रहेको चन्द्रमाको प्रभावले आज मिश्रित फल प्राप्त हुने समय छ, तर अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै हुनेछ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तर धैर्य गर्न सके रचनात्मक काम सुरु हुनसक्छन् । विगतको त्रुटि केलाउँदै नयाँ काम गर्न हौसला मिल्नेछ । सद्भाव र प्रेरणा प्राप्त हुनेछन्, तिनलाई गम्भीरतापूर्वक ग्रहण गर्नसकेमा विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । विद्यामा कमजोरी देखिन्छ तर सँगीसाथीको सहयोग लिनसके राम्रै हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनस्थानमा चन्द्रमाको उपस्थिति भएकाले थोरबहुत लाभ हुने दिन हो । तर कमाएको धन सञ्चय गर्ने परिस्थिति देखिंदैन । कुनै काम गर्नु छ भने खर्चको मात्रा सोचेभन्दा बढी हुनसक्छ । तर खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । टाढाको यात्रा गर्ने मौका मिल्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ, नयाँनयाँ विषयमा रूचि बढ्ने छ, सीपमूलक काम र पढाइमा प्रगति हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बाह्रौं भावमा चन्द्रमाको उपस्थिति देखिन्छ, हरदम सचेत र सतर्क रहनु पर्छ, समयमा होस नपुग्नाले हुनै लागेको आम्दानी कसैले तगारो हाल्नसक्छन् । उता घरायसी परिबन्द र बाध्यात्मक काममा धनखर्च हुने दिन हो । तर अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । दूरदराज वा वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई समय दिएमा र निरन्तरता दिन सकेमा राम्रै फाइदा हुने देखिन्छ । आस मारेको काम सुझबुझ र लगनशीलताका कारण बनाउन सकिने समय छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।