0 COMMENTS

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा फिरौती असुलेको आरोपमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएकाले उनलाइ समातिएको प्रहरीको भनाइ छ ।

घटना सार्वजनिक गर्दा अप्ठ्यारो पर्ने भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको भएपनि सार्वजनिक भइसकेकाे छ । पक्राउ परेका नरेश थापा गृहमन्त्री बादलका साईँला भाइ हुन् । यो समाचार कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।