0 COMMENTS

वि.सं. २०७६ भाद्र २५ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ११ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, नेवारी पर्व न्हुघया, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), भाद्रपद शुक्लपक्ष (ञलाथ्व) त्रयोदशी तिथि, मध्यरात्रीपछि ०४:४४ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, श्रवण नक्षत्र, दिउँसो ०३:१७ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि ०४:२४ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, अतिगण्ड योग, बेलुका ०८:५४ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा कौलव करण दिउँसो ०३:५६ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०४:४४ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४६ बजे, सूर्यास्त : साँझ ०६:१३ बजे, दिनमान : ३१ घडी ०७ पला (१२ घण्टा २७ मिनेट, रात्रीमान : २८ घडी ५३ पला (११ घण्टा ३३ मिनेट)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मिहिनेतका साथमा खट्ने समय छ, नयाँ रोजगारीको प्रयास गर्न अनुकूल समय छ । आम्दानीको बाटो सहज देखिन्छ र आर्जित रकम सञ्चित हुने वा शुभकर्ममा प्रयुक्त हुने समय छ । बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । पारिवारिक सम्बन्ध सामान्य ढंगले अघि बढ्ने छ । मायाप्रीति र रसरङ्गमा आकर्षण देखिंदैन ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । बन्दव्यापारमा लाभ मिल्नेछ । छात्रछात्राका लागि विशेष दिन छ, सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । प्रतिभाको कदर हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने समय छ । सबैका लागि परिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । कर्मचारी र कामदारलाई हाकिम वा ठूलाबडाको सहयोग प्राप्त हुनेछ । चिताएको कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने प्रयास गर्नुपर्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राशिमा बसेको राहु ग्रहको नकारात्मक प्रभावले बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने समय छ । अशुभ भाव आठौं घरमा चन्द्रमाको उपस्थिति देखिन्छ, त्यसैले लापरबाही गर्नु हुँदैन, चोटपटकको भय हुनेछ अनि बिनापत्ताको आरोप व्यहोर्नु पर्ने दिन छ । धन, धर्म र भाग्यमा हानी पुग्ने तथा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैको साथीले समेत कुरो बुझी दिदैंन् ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज मनोरञ्जन र खेलवाडको दिन हो । त्यसैले अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी हुने छैन ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आज अप्रत्याशित रूपमा सहयोग पाइने समय हो । प्रेमी/प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । न्यायिक र प्रशासनिक क्षेत्रका कर्मचारीका लागि राम्रो दिन छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको चिन्तन र उपायले काम गर्नसक्छ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । खासगरी ज्ञानमूलक क्षेत्रमा लागेकाहरूको राम्रो दिन छ, अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । पठनपाठनमा प्रगति हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चौथो भावको चन्द्रमाले मन कातर बन्नेछ, डर र निराशाको अनुभूति गराउन सक्छ, एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । परिश्रम गरेको कामबाट लाभ नै प्राप्त हुने समय छ । परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । कमजोरीलाई सुधार गरी आगामी कार्य प्रगतितर्फ लम्कने अवसर आउने छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । परदेशमा बसोवास गर्नेहरूका लागि पनि राम्रै समय रहने छ, आज पारिवारिक जानकारी लिन घरमा कुराकानी गरेको राम्रो हुन्छ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । छात्रछात्राले सहकार्य र प्रतिस्पर्द्धात्मक क्रियाकलापमा सफलता पाउने समय छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धन स्थानको क्षीण चन्द्रमाको प्रभावले कामको दायित्व र चाप बढ्ने समय छ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ । मानप्रतिष्ठा र ख्यातिमा आघात पुग्ने काम गर्नु हुँदैन । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । जस नपाए पनि छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने दिन छ । साँझसम्म कतै धन डुबेको वा फँसेको छ भने त्यसलाई उकास्ने सम्भावना देखिन्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । राशिमा रहेको चन्द्रमाको प्रभावले मन चञ्चल र उत्ताउलो बन्ने सङ्केत पनि छ, यात्रा गर्दा र बाझोजुझोमा सतर्कता अपनाएको जाति हुन्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज बाह्रौं चन्द्रमा भए पनि राज्यस्थानको राशिस्वामी शनिश्चर र सप्तम भावमा बसेका ग्रहको शुभ प्रभावले खासै नराम्रो दिन छैन । तर सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना बनेको छ, सचेत हुनुहोला । दानपुण्य र परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ, सार्वजनिक हीत र परोपकार क्षेत्रमा गरेका लगानीको शुभ परिणाम प्राप्त हुनेछ । रोकिएको आर्थिक कारोबारले गति लिनेछ । विदेशयात्राको काम थाल्न आजको दिन अनुकूल हुनेछ । परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । मानसिक एवं बौद्धिक दबाब सिर्जना हुनसक्छ । घरिघरि मन अशान्त बन्नसक्छ, सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । तर नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुन्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यमा बसेको राशिस्वामी बृहस्पति र लाभस्थानको चन्द्रमाको प्रभावले आजको दिन आत्मबल बढ्ने समय हो । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिंदैन ।

 

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।