0 COMMENTS

वि.सं. २०७६ भाद्र २२ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : निजामती सेवा दिवस, शिक्षा तथा साक्षरता दिवस, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) दशमी तिथि, मध्यरात्रीपछि ०१:१५ बजेसम्म, त्यसपछि एकादशी तिथि, मूल नक्षत्र, दिउँसो १०:४१ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बेलुका ०९:२८ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा तैतिल करण दिउँसो ०१:०९ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:१५ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४५ बजे, सूर्यास्त : साँझ ०६:१६ बजे, दिनमान : ३१ घडी १९ पला (१२ घण्टा ३२ मिनेट , रात्रीमान : २८ घडी ४१ पला (११ घण्टा २८ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज भाग्यभावमा चन्द्रमा छ, मिहिनेत र परिश्रम गर्न सकेमा बन्दव्यापारबाट मनग्ये फाइदा हुने देखिन्छ । पुरुषार्थी कामले प्रसिद्धि दिलाउन सक्छ । दिगो कामबाट मनग्य लाभ मिल्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । तर शनि र चन्द्रमाको युतिसम्बन्ध भएकाले काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । सचेततापूर्वक काम गर्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आठौं घरमा चन्द्रमा भएकाले मनमा चिन्ता, शङ्का र डरले जरो गाड्ने समय हो । यद्यपि आज गरिएका प्रयासबाट दीर्घकालिक उपलब्धी लिन सकिन्छ । मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । परिवारमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुनसक्छ । तर चन्द्रमाको अशुभ प्रभाव रहेकाले हरेक क्रियाकलापमा संयमता र सचेतताको खाँचो रहने छ भन्ने बुझ्नुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सातौं भावमा चन्द्रमा, शनिश्चर र केतु ग्रहको युतिसम्बन्ध भएको जटिल समय छ । मन रोमान्टिक र भावुक भए पनि मनका इच्छा र आकाङ्क्षा पूर्ण हुने लक्षण देखिंदैन । दिन मनोरञ्जनपूर्ण नै रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ, फकाउने फुस्ल्याउने परिस्थिति बन्नसक्छ । यथासम्भव समय र परिस्थितिलाई पर्गेलेर काम गर्न सके प्रेम र मित्रताको बन्धन कसिने बेला छ, आत्मीय मित्रसँग रमाइलोपल बिताउने अनुकूलता पाउन सकिन्छ । साझेदारी र श्रममूलक कामका माध्यमबाट लाभ लिन सक्नुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिने छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । तर्क, बहस, वादविवाद र मुद्दामामिला कार्यक्षेत्र भएका व्यक्ति राम्रो लाभ पाउने र प्रतिष्ठा मिल्ने समय हो । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुनसक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । काम बन्नाले निकै उत्साहित भइनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिश्रित प्रभाव भएको दिन छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । आफन्त र सँगीसाथीसँगको आत्मीयतामा कमी आउने छैन । प्रेमी/प्रेमिकाका बीचमा नजिकको सम्बन्ध कायम हुनेछ । आर्जित वा सञ्चित धन भावनात्मक काम वा मनोरञ्जनात्मक क्रियाकलापमा खर्च गर्ने परिस्थिति आउने छ । आज पञ्चम भावमा चन्द्रमा र शनिश्चरको युति रहेकाले कुनै पनि काममा स्वनिर्णय र नेतृत्व नगरेको जाति हुन्छ । किनभने आफ्नै त्रुटि र कमजोरीका कारण जस नपाउन सक्नुहुन्छ । आशा गरेअनुरूप सहयोगीहरूले साथ पाइने नै समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खराब समय छ । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । समयमा होस नपुग्नाले बन्नै लागेको काम पनि बिग्रन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ । मौकालाई पहिचान गर्न नसक्नाले पछुतो मान्ने परिस्थिति बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तेस्रो भावमा रहेको चन्द्रमाको प्रभावले आज हिम्मत र साहस जुटाएर काम गर्ने समय छ । कुनै आवश्यक काम पूर्ण गर्न खर्चको मात्रा बढाउनु पर्ने परिस्थिति देखा पर्नसक्छ । सँगीसाथको साथ पाइने नै समय छ, तर जति मिहिनेत भएको छ, प्रतिफल कममात्र हातपर्ने दिन हो । तापनि उठ्नुपर्ने रकम हातलागी हुने समय हो । गरिआएको काममा भन्दा पटके र अस्थायी पेसाबाट फाइदा हुने समय छ । आँटेका काम पूरा गर्न निकै सक्रियता देखाउनु पर्छ, किनभने बन्नै लागेको काम बीचमा अवरुद्ध बन्न सक्छन् । नयाँ काम सुरु गर्न निकै खट्नु पर्ने हुन्छ । लगनशीलता र परिश्रमको अभावमा बन्दव्यापारमा मन्दी छाउने छ । परोपकारी र सामाजिक काममा समय प्रदान गर्नु पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुन सक्ने दिन छ, तर आज मिश्रित प्रभाव प्राप्त हुने समय छ । अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । विगतको गल्ती र कमजोरीको कुरो उठ्न सक्छ । पठन–पाठनमा ध्यान दिने फुर्सद हुँदैन । तर रिसराग र बोलीवचनमा संयमता देखाउन सकेमा नचिताएको काम बन्न पनि सक्छ । चेलीबेटी र कुटुम्बपक्षका काममा खट्नुपर्ने परिस्थिति देखापर्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा उत्साह र उमङ्गको कमी देखिने छ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आज आफ्नै राशिमा चन्द्रमाको प्रवेश भएको छ, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित भएमा कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा बढाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । परिवारजनसँगको आत्मीयतामा कमी आउँदैन, काम गर्दा गोपनीयतामा जोड दिनु पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । धैर्य र संयमताको पालना गर्दै अनुशासित र कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चन्द्रमाको प्रभाव कमजोर छ, तर आफ्नो बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा वैदेशिक प्रयोजनको काम वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । दूरदराजबाट शुभ समाचार सुन्नपाइने छ वा कुनै उपहार प्राप्त हुने सम्भावना पनि देखिन्छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । धैर्यले काम लिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोचेभन्दा राम्रो फाइदा हुने समय आएको छ । राशिस्वामी शनिश्चर र चन्द्रमाको लाभभावमा युतिसम्बन्ध रहेको छ, दैनिकीसँग सम्बद्ध पारिवारिक आवश्यकताको पूर्ति हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । दिन मनोरञ्जनपूर्ण रहनेछ । पठनपाठनमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज चन्द्रमाको नकारात्मक ऊर्जा हाबी हुने भएकाले सरकारी काममा झमेला आउने दिन हो, त्यस्तै वादविवाद र मुद्दामामिलाबाट टाढा बस्ने समय छ, नत्र कर्मचारी वा शासक वर्गबाट पीडित हुनुपर्ने वा धोका हुनसक्ने समय छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । पिठ्युँमा बसेर कुरा काट्नेहरू तपाईंको साख कमजोर बनाउन सक्रिय भएको देखिन्छ, लक्ष्य र योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आत्मबल र हिम्मतको प्रयोग गर्ने समय हो । गरेको कामले धेरैको मन जित्न सकिने छ । ठूलाबडा र विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । पेसा वा बन्दव्यापारबाट सामान्यतया लाभ उठाउन सकिने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।