0 COMMENTS

वि.सं. २०७६ भाद्र १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : मुक्ताभरण सप्तमी, सन्तान सप्तमी, भक्तपुरमा मंगलकुण्ड मेला, अगस्त्योदय बिहान १० बजेर १८ मिनेटमा, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) सप्तमी तिथि, मध्यरात्रीपछि ०२:१० बजेसम्म, त्यसपछि अष्टमी तिथि, विशाखा नक्षत्र, बिहान १०:२६ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, मध्यरात्रीपछि ०१:२३ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा गर करण दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०२:१० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : वायव्य, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४३ बजे, सूर्यास्त : साँझ ०६:२० बजे, दिनमान : ३१ घडी ३१ पला (१२ घण्टा ३७ मिनेट, रात्रीमान : २८ घडी २९ पला (११ घण्टा २३ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आठौं घरमा चन्द्रमा रहेको छ, हातहतियार र मिलमेसिनरीको प्रयोग गर्दा सावधानी अपनाउनु राम्रो हो । आज मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । सामान्यतया आजको दिन खासै खराब देखिंदैन, विदेशबाट राम्रा र प्रसन्नताका समाचार प्राप्त हुनेछन् । सानातिना घरायसी समस्याहरू र पुराना कुराले मन बिथोलिन सक्छ । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आजको दिन । पराक्रम भावको मालिक चन्द्रमा सातौं भावमा आइपुगेको छ । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि आज गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजदेखि अभिव्यक्ति कौशल प्रदान गर्ने चन्द्रमाले छैटौं भावमा प्रवेश गरेको छ, हुन त बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित हुनेछ, यद्यपि दिन ढल्दै जाँदा समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कानून, प्रशासन र न्यायिक क्षेत्रमा कार्यरत व्यक्तिका लागि फाइदा हुने समय छ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नसक्छ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो र अन्य सबैले पनि ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । मनमिल्ने दौंतरीसँग उठबस हुने दिन हो, प्रेमिल भावना उदय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । बाह्रौं भावको मालिक चन्द्रमाको सुखभावमा प्रवेश भएकाले केही बाध्यात्मक घरायसी काममा सञ्चित धन लगानी गर्ने परिस्थिति बन्नसक्छ । गरेका हरेक काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नु पर्नेछ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । सँगीसाथीको सहयोगमा कुनै सरकारी वा सामाजिक काम सम्पन्न गर्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । कर्मेश चन्द्रमाको धनभावमा उपस्थिति भएकाले नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारको सम्मान हुनेछ । हाकिम रिझाउन सकिन्छ । भौतिक सम्पत्तिको व्यवस्थापन गर्न अनुकूल समय छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज एकाबिहानै तपाईंको आफ्नै राशिमा भाग्येश चन्द्रमाको प्रवेश भएको छ । अब खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, भाग्यबल बढ्ने समय छ । अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । पारिवारिक उत्थानका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिउँसोका तुलनामा बिहानको समय अलिबढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि अष्टमेश चन्द्रमाको बाह्रौं घरमा प्रवेश हुनलागेको समय छ । आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्यमा मन आकर्षित हुनेछ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा मन भारी हुनसक्छ, रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । सार्थक यात्राको योग छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा बटुल्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने समय छ । सप्तमेश लाभ भावमा आएकाले आफ्नै, जीवनसाथीको वा मन मिल्ने विपरीतलिङ्गी साथीको उन्नति हुनाले मनमा उमङ्ग सिर्जना हुनेछ । आज रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण पनि खुसीको वातावरण बन्नसक्छ । तपाईंका कामधन्धामा सहयोगीको साथ पाइने छ । सँगीसाथीको समुचित सल्लाह र सद्भावना प्राप्त हुनेछ । सामाजिक र परोपकारी काममा सहभागी बन्नु पर्नेछ । विशिष्ट व्यक्ति वा अभिभावकको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । छात्रछात्राका लागि ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश भएको शुभ समय प्रारम्भ भएको छ । आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ, तर पनि आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यस्थानमा पञ्चमेशको प्रवेश भएकाले विष्णुलक्ष्मी योगको सिर्जना भएको राम्रो दिन छ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुनेछ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पुराना समस्याहरू हल हुनेछन्, पहिले गरेका शुभकर्मको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो प्रयोजनको धन लगानी गर्न वा कुनै दीर्घ प्रयोजनको भौतिक सामाग्री खरिद गर्न आजको दिन अनुकूल छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।