0 COMMENTS

प्रतिभा भट्टराइ,भाद्र१६/ भाद्र शुक्ल पक्ष तृतीया तिथि का दिन विवाहित अविवाहित र एकल हिन्दु महिला हरुले नजिकै रहेकाे शिव मन्दिरमा गई वा आफ्नै घरमा मध्यान्ह कालमा शिव परिवारको पुजा आराधना गर्दै प्रदोष वा सन्ध्या कालमा दीप प्रज्ज्वलन र आरती सहित निर्जल र निराहार बसी शक्ति, विजय र सौभाग्य को प्रतीक स्वरूप शुद्ध रातो वस्त्र र सोर श्रृंगार गरी योगराज तथा नटराज महादेव लाई प्रसन्न पार्न नाचगान सहितआफ्नो अटल सौभाग्य र सुख शान्ति का लागि माता पार्वती लाई सौभाग्य का सामाग्री अर्पण गर्दै बसिने व्रत, वर्ष भरिका अन्य व्रत भन्दा कठिन मानिन्छ। तर निर्जल र निराहार भने तागत र उमेर भएका हरुका लागि मात्र सम्भव रहन्छ । बृद्ध असक्त तथा कन्या कुमारी हरूले भक्तिको चाहना गर्ने भोले नाथ को व्रत जल फल र चोखो खाना खाएर पनि लिन सक्छन्।

देवाधिदेव महादेव स्वामी पाउनका लागी माता पार्वतीले आफूमा पनि धेरै कुराको क्षमता र ज्ञान हुनु पर्ने भएको कारण विभिन्न चिन्तन मनन र कठोर तपस्या का माध्यम ले शिव जी को समीप पुग्ने उदेश्यले आफ्नै इच्छा अनुसार आफ्नै सँगिनी हरु द्वारा हरण भई एक कोसा केरा र एक अञ्जुली पानी दर को रुपमा पिएर लिएको व्रतको स्मरण गराउने यो व्रत आजभोलि दर खाने र लगाउने कुरामा वृद्धि गर्दै पती पाउनका लागी भन्दा पनि पति पाइसकेका हरूले बढी मात्रामा लिने गरेका छन्।

जन्म र मृत्यु पहिले नै तय भइसक्ने मान्यता भए पनि विज्ञानका माध्यमले केही हद सम्म लम्ब्याउन सकिने अवस्थाछ भने मृत्युञ्जय स्वरूप वा कालका पनि काल महाकाल मानिने संहार कर्ता भोले नाथ को कृपा भए आफ्ना परिवारको आयु आरोग्य काे वृद्धि हुने र अकाल मृत्यु नहुने अनि वैवाहिक जीवनमा आइपर्ने सम्पूर्ण समस्या हरुको समाधान हुने विश्वासका साथ पनि यो पर्व निकै आस्था राख्दै मनाइन्छ।

जीव र जगत अनि देवता हरुलाई समेत आइपरेका हरेक अप्ठ्यारा परिस्थिति हरु बाट बचाउन विषपान गर्ने, स्वर्ग बाट तिब्र गतिमा झरेकी गंगालाई आफ्नो जटामा समाहित गरी पृथ्वी मा भासिन बाट जोगाउने तथा जगतलाई आवस्यक मात्रामा जल प्रवाह गर्ने, विषालु जीव हरूले जगतलाई दुःख नहोस् भन्ने उद्देश्यले आफैं धारण गर्ने, नसालु पदार्थको सेवन अरूले नगरुन् भनेर आफैले सेवन गर्ने तथा संसारका प्राणी हरु महलमा बसेर सुख भोग गरून् भनेर आफु हिमालमा वा स्मशाान मा बस्ने शंकर भगवान आफ्नो भन्दा आफ्ना भक्त हरुको सेवा देखि प्रसन्न हुनुहुन्छ। तसर्थ हरेक सच्चा भक्ति का साथ नियमपूर्वक व्रत बस्ने महिला दिदी बहिनी हरुका लागि आवश्यक सरसामान र आर्थिक व्यवस्था मिलाइदिने पुरुष हरूले व्रतको फल पूर्ण रुपमा पाउने कुरा विश्वास गर्न सकिन्छ भने आफ्ना पतिको चौतर्फी सफलताको कामना सहित व्रत बस्ने महिलाले पनि जस्को लागि व्रत गरिन्छ उसैको खान पानको व्यवस्था नमिलाई माइत जाने तथा उसैलाई तनाव हुने गरी कुनै पनि काम गर्नु हुँदैन।

शिव जी को प्रीय बार सोमबार अनि हस्ता नक्षत्र र गणेश चौथी पनि मंगलबार परेकाले यसपालिको तीज माअति उत्तम संयोग रहे सँगै श्रद्धा भक्ति का साथ व्रत बस्दा निकै राम्रो फल मिल्ने कुरा पनि जानकारहरु बताउँछन्।(फाेटाे कपन शीव मन्दिर)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।