0 COMMENTS

काठमाण्डाै१४भदाै/  नेपालगन्जबाट दैलेख लैजान भनेर करिब तीन सयवटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगरमा पुर्याई त्यहीको भिरबाट खसालिएको भन्ने खबरले शिव सेना नेपालको ध्यानआकृष्ट भएको छ । बिहीबार राति नेपालगन्जबाट आठ वटा ट्रकमा राखेर दैलेखतर्फ लगिएका ती गाईगोरु कसरी भिरबाट खसालिए ? यो घटना कुनै पनि कोणबाट स्वभाविक लाग्दैन ।
जुन प्रकारले सञ्चारमाध्यमहरुमा यो विषय आएको छ यसले हिन्दुधर्ममा आस्था राख्ने तमाम जनमानसको मन छोएको छ । गौमातालाई भिरबाट खसाउने अपराध र पाप जो जो दूराचारीले गरेका छन् ती निश्चय नै अपराधको भागिदार हुनेछन् । यस्तो बर्बर कृत्य कसरी भयो, किन भयो ? भन्ने विषयमा अनुसन्धानका क्रममा खुल्दै जाला । तर एकपछि अर्को गर्दै हिन्दु धर्ममा आस्था राख्नेहरुमाथि भइरहेको प्रहारका कारण हामी यस घटनाबाट पनि सशंकित भएका छौं ।
भिरबाट खसारले गौहत्या गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । यो कुकर्म धर्मसँग मात्रै जाडिएको छैन । यो कर्म गर्ने व्यक्ति वा समूह मानवजातिकै कलंकका रुपमा पनि परिभाषित हुन सक्छ । यस्तो प्रकारको हिंसा गौमाताको हकमा मात्रै होइन, कुनै पनि प्राणीकालागि पनि हुन हुँदैन । अतः यस सम्बन्धमा स्थानीय प्रशासनले तुरुन्तै एक्सन लिओस् । अन्यथाः शिव सेना नेपाल स्वयंले आवश्यक कारबाही थाल्ने छ भन्दै शिव सेना नेपालका अध्यक्ष – अनिल बस्नेत बाबा ले जानकारी गराउनु भयाे  ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।