0 COMMENTS

वि.सं. २०७६ भाद्र ११ गते बुधबार तदनुसार ई. सं. २०१९ अगस्ट २८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, नेवारी पर्व जुग यँ पञ्चदान, भाद्रपद कृष्णपक्ष (गुँलागा) त्रयोदशी तिथि, बेलुका ०८:५७ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पुष्य (तिष्य) नक्षत्र, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, मध्यरात्रीपछि ०२:१७ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा गर करण बिहान ०९:५७ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:५७ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४० बजे, सूर्यास्त : साँझ ०६:२९ बजे, दिनमान : ३२ घडी ०३ पला (१२ घण्टा ४९ मिनेट, रात्रीमान : २७ घडी ५७ पला (११ घण्टा ११ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । नयाँ मान्छेको झट्टै विश्वास नगर्दा राम्रो हुनेछ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । पहिले दिएको वचन पूरा गर्न खट्नु पर्ने दिन छ । परिस्थिति र समयले नचिताएको सफलता प्राप्त गर्न सघाउ पुर्याउने छ । प्रशस्त धनार्जन गर्ने अवसर आउने छ र परोपकारी काममा धन लगानी हुने सम्भावना छ । मुद्दामामिला र सरकारी काममा फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन मध्यमखालको छ । आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा केही समय र धन खर्च हुने सम्भावना देखिन्छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मसन्तुष्टि नहुनाले दिक्क लाग्नेछ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारबाट पनि राम्रो लाभ लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, बन्दव्यापारमा तनाव हुनसक्छ । अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । घरमा परपाहुनाको चाप बढ्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मिश्रित प्रभाव भएको दिन छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । धार्मिक अनुष्ठान वा मङ्गलमय कृत्य सम्पादन हुनसक्छ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आज झिनामसिना समस्याको सामना गर्दै सफलता प्राप्त हुने दिन हो, तर बढी रौसिनु हुँदैन । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।