0 COMMENTS

काठमाडौं । त्रिभुवन विश्वविद्यायका उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ कुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्षमा सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ।

सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाइँ र दिल्लीप्रसाद शर्मा सदस्य छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने वरिष्ठ चिकित्सक भगवान कोइरालालाई उपकुलपति बन्न आग्रह गरेका छन्। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटलको स्थापनामा लाग्नु पर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय नदिने बताएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।