0 COMMENTS

सोमवार, भदौ ९, २०७६

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत आज चितवन बन्द गर्ने भएको छ ।

राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भत्काउनुका साथै आगजनी गरेको घटनाप्रति निन्दा गर्दै विप्लव नेकपा चितवन जिल्लाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवद्वारा जारी विज्ञप्तिमा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा श्रमिकलाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने कार्य भएको जनाइएको छ ।

जसको विरोधमा ९ गते चितवन जिल्ला बन्द आह्वान गरिएको जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।