0 COMMENTS

व्रत राजको नामले पनि परिचित श्री कृष्ण जन्माष्टमी पर्व भाद्र कृष्ण अष्टमी तिथिमा सनातन हिन्दू धर्ममा आस्था राख्ने सम्पूर्ण व्यक्ति हरुले आफ्नो आफ्नो ज्ञान र सामर्थ्य अनुसार नजिकै रहेको कृष्ण मन्दिर मा गई पूजा अर्चना र भजन कीर्तन मा रमाउँदै मनाउने गर्दछन्।

बुधबार अनि रोहिणी नक्षत्र परेका बेलामा आफ्नै मामा कंश ले अत्यन्तै माया गरेकी बहिनी भएता पनि उनको आठौं गर्भ द्वारा आफ्नो बध हुने भविष्य वाणी सुने पश्चात कारागारमा बलिया सिक्री हरूले बाँधेर राखेको वसुदेव र देवकीका बन्धन र कारागारका ढोका हरु श्री कृष्ण को जन्म सँगै आफसे आफ खुलेका थिए भने घनघोर वर्षा सँगै बाढी बनेकी यमुनाले पनि कृष्ण काे स्पर्श पछि आफ्नो फैलावट लाई खुम्च्याएर नागको फना रूपी छत्र सहित बाटो दिएकी थिइन् जस्का कारण बाल कृष्णलाई उनकै इच्छा अनुसार विभिन्न लीलाका लागि गोकुल पुर्याउन सहज भएको थियो।

आफ्ना सच्चा भक्तहरूलाई दुःख दिने कंश, पुतना, जरासन्ध लगायत राक्षस हरुको बध, महाभारतको युद्ध, गीता काे उत्पत्ति सँगै जगतलाई ज्ञान याेग, भक्ति योग र कर्म याेग सिकाउँदै सच्चा भक्तहरूलाई विपत परेका बेलामा जाल झेल समेत गरी बचाउने हुँदा छली को पनि उपनाम पाएका कृष्णका लीला अवर्णित छन्। रातको १२ बजे कृष्ण जन्म सँगै मोहरात्रि काे नामले चिनिने यो रात कृष्णको झुला र लीला श्रवण गर्दै रातभरि जाग्राम बसी हर्सोल्लासका साथ मनाइने यो पर्व हिन्दू धर्ममा प्रगाढ आस्था राख्ने भक्त हरुका लागि पावन अवसर पनि हो।

शास्त्रले बताए अनुसार जीवले लिनु पर्ने चौरासी लाख जुनी मध्ये सबैभन्दा उत्तम मानिएको मानव जीवन ले मात्र नियमपूर्वक नित्य भगवानको सेवा पूजा गर्नाले जीवन र मृत्यु रूपी भव सागरबाट पार तर्न पाइन्छ भन्ने मान्यता अनुरुप श्री कृष्ण को शरणागत हुनुलाई नै मानव जीवनको सार्थकता मान्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।