0 COMMENTS

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भइरहँदा पूर्वठेकेदार इटालीयन सिएमसीबाट ठूलो रकम भुक्तानी नपाएर प्रताडित आपूर्तिकर्ता, स्थानीय विक्रेता र मजदुरले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

स्थानीय प्रशासनमार्फत बिहीबार सरकारलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पूर्वठेकेदार सिएमसीबाट पाउनुपर्ने रकम साताभित्र भूक्तानी नदिए नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी दिएका हुन्।

आयोजनाको सुरुङ निर्माण सामग्री आपूर्ति, मजदुर पारिश्रमिक र स्थानीय विक्रेताको उधारोसमेत सिएमसीसँग एक अर्व ६५ करोड ७४ लाख रुपैयाँ भूक्तानी पाउनुपर्ने दाबी उनीहरुले गरे।

‘साताभित्र भूक्तानी नपाए आयोजना निर्माणस्थलमा तालाबन्दी गर्छौँ। सडकमै लम्पसार परेर सुत्छौँ’, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङमार्फत ज्ञापनपत्र बुझाउँदै पीडितहरुले एकै स्वरमा भने, ‘नो पे, नो वर्क अवधारणाअनुसार कडा कदम चाल्छौँ।’

सुरुङ निर्माणमा संलग्न आठ सय मजदुर, उनीहरुका परिवारका सदस्य, आपूर्तिकर्ता, स्थानीय विक्रेता र प्रभावित क्षेत्रका बासिन्दा एकसाथ सडक उत्रेर आन्दोलन गर्ने चेतावनी पीडितहरुद्धारा गठित मेलम्ची खानेपानी आयोजना संघर्ष समितिले दिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।