0 COMMENTS

झापा– अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयमा गराएको बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको छ ।बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बम विस्फोटबाट वडा कार्यालयको झ्याल, पर्खाल र फर्निचरमा क्षति भएको छ । भवनको वालसमेत फुटेको बडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए ।

विस्फोट कसले र किन गर्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको टोली समेत पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।