0 COMMENTS

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् ।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । चन्दा नदिएको भन्दै विप्लव कार्यकर्ताले रूपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई मोसो दले ।

दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आइतबार आगजनी भयो । वडा कार्यालय र सवारी साधनमा आक्रमण भएपछि जनप्रतिनिधि त्रसित छन् । प्रदेश ५ का रोल्पा, बर्दिया, दाङ, कपिलवस्तुमा वडा कार्यालय र गाडीमा क्षति पुर्याउने काम विप्लवका कार्यकर्ताले गरेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष र दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति आगजनी भएको छ । मायादेवीका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु.१झ ४०० नम्बरको गाडी आगजनीबाट क्षतिग्रस्त भएको छ । विप्लव कार्यकर्ताले सरकारी गाडीउपर कारबाही गर्ने नीति लिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।