0 COMMENTS

काठमाडौं– अरनीको राजमार्ग (जडिबटी–सूर्यविनायक सडकखण्ड)अन्तर्गत भक्तपुरको गठ्ठाघरमा एउटा बसले अन्य ३ ओटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले पछाडिबाट अन्य ३ वटा बसलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर अन्य बससँग ठोक्किन पुगेको थियो । उक्त बसले ना ६ ख ७१२५, बा ५ ख ४०२१ र बा ३ ख ७०९३ नम्बरका ३ बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बस ठक्करबाट अन्य ३ बसमा रहेका यात्रुसहित गरी १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय नागरिक अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी भक्तपुर परिसरले जनाएको छ ।ठक्कर दिने बसका चालक सिन्धुलीको गोलानचोर गाउँपालिका घर भएका दीपकराज ठकुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।